काठमाडौँ – नेपाली कांग्रेसले पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठक बोलाएको छ । क्रियाशील सदस्यता छानविन समितिका सदस्यहरुसंग छलफल गर्न भोलि (सोमबार) दिउँसो बैठक बोलाइएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
बैठकमा सरकार गठनमा देखिएको अलमलबारे समेत छलफल हुने नेताहरुले बताएका छन् ।