सिद्धार्थ बैंकका ग्राहकलाई सम्यक डायग्नोस्टिकको सेवामा छुट

  • प्रकाशित मिति : March 22, 2021
  • नेपाल ज्योति

काठमाडौं-सिद्धार्थ बैंकका ग्राहकले ललितपुरको जावलाखेलस्थित सम्यक डायग्नोस्टिकको सेवामा छुट पाउने भएका छन्। बैंक र सम्यकबीच छुटसम्बन्धी सम्झौता भएको हो।

सम्झौता अनुसार बैंकका ग्राहकले जावलाखेल, बानेश्वर र भक्तपुरमा रहेको सम्यक डायग्नोस्टिकको सेवामा छुट पाउनेछन्।

सेवाग्राहीले डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैैंकिङ, इन्टरनेट बैैंकिङमार्फत भुक्तानी गर्दा इन हाउस प्याथोलोजी सेवामा १५ प्रतिशतसम्म छुट पाउनेछन्।

यस सुविधाले ग्राहकलाई छुटको सुविधा उपलब्ध हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ।