राष्ट्रपति भण्डारीलाई बंगलादेशमा २१ तोपको सलामी

  • प्रकाशित मिति : March 22, 2021
  • नेपाल ज्योति

काठमाडौं- दुई दिने राजकीय भ्रमणमा सोमबार राष्ट्रपति विद्यादेवी भण्डारी ढाका पुगेका छन् । ढाकामा राष्ट्रपति भण्डारीलाई बंगलादेशका राष्ट्रपति अब्दुल हमिदले हजरत शाहजालाल विमानस्थलमा स्वागत गरेका छन् । भण्डारीलाई विमानस्थलमा २१ तोपको सलामी दिइएको छ ।

भण्डारीको स्वागतमा बंगलादेशी विदेशमन्त्री एके अब्दुल मोमेन, स्वास्थ्यमन्त्री जावेद मलेक्यु, रेलमन्त्री नरुल इस्लाम, विदेश राज्यमन्त्री साहरियार आलम लगायत उपस्थित भएका थिए ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसहित ५४ सदस्यसहित बंगलादेश पुगेका राष्ट्रपति भण्डारीले नेपाल र बंगलादेशको बीचको पारवहन सम्झौता संशोधनसम्बन्धी सम्झौतालगायत चारवटा समझदारी पत्रमा हस्ताक्षर हुने जनाइएको छ ।