ट्राफिकले दुःख दिएको भन्दै सडकमै बस तेर्स्याएर विरोध

  • प्रकाशित मिति : March 22, 2021
  • नेपाल ज्योति

काठमाडौं- ट्राफिक प्रहरीले अनावश्यक दुःख दिँदै विना गल्ती कारवाही गरेको भन्दै बस चालकले सडकमै बस तेर्स्याएर विरोध गरेका छन् । गोंगबु बसपार्कअगाडि रिङरोडमा बस तेर्स्याएर अवरोध गरेपछि केहीबेर आवागमन अवरुद्ध बनेको थियो । एउटा बसले सडक अवरुद्ध गरेपछि अन्य बस चालकले पनि सडकमै बस तेर्साएर विरोध गरेका थिए । बिहान १० बजे करिब १५ मिनेट सडक अवरुद्ध बनेको थियो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीले भने यात्रुसँग बढी भाडा लिएको गुनासोपछि बसका चालकलाई पहिचान गरेर कारवाही गर्न खोज्दा अवरोध भएको बताएका छन ।