काठमाडौ- नेपाली कथानक चलचित्र “गोर्खे” यहि आउदो शुक्रबार २६ मार्च को दिन अष्ट्रेलियाको सिभिक थिएटरमा प्रदर्शन हुने भएको छ। चलचित्र “गोर्खे” लाई ग्लोबल मिडिया एन्ड रिसर्च सेन्टरको सहकार्यमा डि बोइज इभेन्ट्सले अस्ट्रेलियामा प्रदर्सन गर्न लागिएको हो।
“डि बोइज इभेन्ट्स”अस्ट्रेलियाका संचालक गणेश मल्ल ठकुरीका अनुसार चलचित्र “गोर्खे” लाई अस्ट्रेलियामा “ओसिस एजुकेसन”ले प्रदर्शनको निमित्त मुख्य प्रायोजकको भुमिका निर्वाह गरेको छ भने सह प्रायोजकको रुपमा “मेन्टर माइग्रेसन एन्ड एजुकेसन सर्भिस” रहेको छ।
कोजु इन्टरटेन्मेन्ट्को ब्यानरमा हरि लामा,हरि थापा र तिर्थ कोजुको सहकार्यमा निर्माण भएको सामाजिक कथामा आधारित चलचित्र “गोर्खे” मा अर्जुन गुरुङ भंगेरि डन, एञ्जल श्रेष्ठ, रविन्द्र प्रताप सेन, शरोज तामाङ, साजन थापा, वलदिप राई, रश्मि भट्ट, गोविन्द प्रभात प्रमुख भूमीका रहेको छ भने अञ्जली अधिकारी विशेष भूमीकामा रहेकि छिन् । चलचित्र गोर्खेलाई किमत गौतमले निर्देशन गरेका हुन ।
“डि बोइज इभेन्ट्स” का प्रमुख गणेश मल्ल ठकुरीले आगामी दिनमा अझै थुप्रै नेपाली सिनेमाहरु अस्ट्रेलियामा प्रदर्शन गर्दै जाने पनि बताए।