राष्ट्रपति भण्डारीले गरिन् मेलम्ची खानेपानी आयोजनाको पानी वितरणको शुभारम्भ

  • प्रकाशित मिति : April 2, 2021
  • नेपाल ज्योति

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची खानेपानी आयोजनाको पानी वितरणको शुभारम्भ गरेकी छन् । भृकुटीमण्डमा शुक्रबार आयोजित एक समारोहका बीच राष्ट्रपति भण्डारीले पानी वितरणको औपचारिक सुरुवात गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले भृकुटीमण्डपमा २४ घण्टा नै पानी खस्ने गरी निर्माण गरिएको ढुङ्गेधाराको स्वरुपमा रहेको धाराको टुटी खोलेर खानेपानी वितरणको औपचारिक सुरुआत गरेकी हुन् ।