२५ ग्राम ब्राउन सुगरसहित २८ वर्षीय एक युवक पक्राउ

  • प्रकाशित मिति : April 4, 2021
  • नेपाल ज्योति

काठमाडौं – झापामा प्रतिबन्धित लागु औषध २५ ग्राम खैरो हेरोइनसहित एक व्यक्ति पक्राउ परेका छन् । आइतवार जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले कचनकवल गाउँपालिका २ का २८ वर्षीय सञ्जय लामालाई पक्राउ गरेको हो ।
पक्राउ परेका लामाको साथबाट २५ ग्राम ५० मिलिग्राम ब्राउनसुगर (खैरो हेरोइन) र एक थान तराजु बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका लामालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको प्रहरीले जनाएको छ ।