आमाको जाहेरीपछि राष्ट्र बैंककी निर्देशक रिजाल पक्राउ

  • प्रकाशित मिति : April 4, 2021
  • नेपाल ज्योति

काठमाडौं –नेपाल राष्ट्र बैंककी निर्देशक सुष्मा रिजाल रेग्मी पक्राउ परेकी छन्। रिजालकै आमाको जाहेरीपछि उनलाई आइतबार कार्यालयबाटै पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ। ८४ वर्षीया आमाले छोरीले आफ्नो सम्पत्ति अनधिकृत रुपमा निकालेर लगेको भन्दै जाहेरी दिएकी थिइन्।

आफ्नो माछापुच्छ्रे« बैंकमा रहेको रकम र लकरमा रहेका सुनचाँदी अनधिकृत रुपमा निकालेको भन्दै रिजालकी आमाले जाहेरी दिएकी थिइन्। आफ्नो सेयर समेत झुक्याएर बिक्री गरेको जाहेरीमा उल्लेख छ।

आफूहरुको ३ करोड बढीको सम्पत्ति लगे पनि हेरचाह नगरेको बृद्धाको जाहेरीमा उल्लेख छ। उनीविरुद्ध ज्येष्ठ नागरिक ऐन २०६३ अन्तर्गत कसुरमा अनुसन्धान हुने प्रहरीले जनाएको छ।