पेट्रोलियम पदार्थकोमूल्य वृद्धिको विरोधमा आयल निगम घेराउ

  • प्रकाशित मिति : April 5, 2021
  • नेपाल ज्योति

काठमाडौं-पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा नेपाल आयल निगमको कार्यालय घेराउ गरिएको छ। अनेरास्ववियूले सोमबार मूल्य वृद्धिविरुद्ध निगमको कार्यालय घेराउ गरेको हो।

पटक–पटक इन्धनको मूल्य बढाएर उपभोक्ताको ढाड सेकेको भन्दै अनेरास्ववियूले विरोध गरेको हो। नेपाल आयल निगमले आइतबार इन्धनको मूल्य पुनः वृद्धि गरेको थियो।

पछिल्लो विवरणअनुसार निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ वृद्धि गरेको छ। नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १२० रुपैयाँ पुगेको छ। यस्तै, डिजेल र मट्टीतेलमा समेत प्रतिलिटर दुई रुपैयाँ नै वृद्धि गरेको छ।

नयाँ मूल्यअनुसार डिजेल र मट्टीतेल प्रतिलिटर रु १०३ पुगेको छ।