माओवादी केन्द्रले गर्‍यो गृहमन्त्री थापालाई कारबाही

  • प्रकाशित मिति : April 9, 2021
  • नेपाल ज्योति

काठमाडौं- नेकपा माओवादी केन्द्रले नेकपा एमालेमा गएका गृहमन्त्री रामबहादुर थापालाई कारबाही गरेको छ। बिहीबार माओवादी केन्द्रले राष्ट्रियसभा सचिवालयालई पत्र पठाउँदै थापालाई दलबाट हटाएको र उनी माओवादी केन्द्रको सांसद नरहेको जानकारी गराएको हो।

गृहमन्त्री थापा माओवादीका तर्फबाट राष्ट्रिय सभा सदस्य थिए। यसअघि माओवादीले दल त्याग गरेको भन्दै चार प्रतिनिधि सभा सदस्य र तीन प्रदेशसभा सदस्यलाई कारबाही गरिसकेको छ।

माओवादीले एमालेमा प्रदेश गरेका ऊर्जामन्त्री टोपबहादुर रायमाझी, सहरी विकास मन्त्री, प्रभु शाह, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र श्रम तथा रोजगार गौरीशंकर चौधरीलाई पनि कारबाही गर्दै पदमुक्त गरेको थियो।

त्यस्तै माओवादीले एमालेमा प्रवेश गरेका प्रदेश १ का १ जना र लुम्बिनी प्रदेशका दुई प्रदेश सभा सदस्यलाई पनि पदमुक्त गरेको छ।