स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीले बिरामीलाई दुर्व्यवहार गरे मन्त्रालयले कारबाही गर्ने

  • प्रकाशित मिति : April 10, 2021
  • नेपाल ज्योति

काठमाडौं – स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीले बिरामीलाई दुर्व्यवहार गरे वा आवश्यक सहयोग नगरे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कारबाही गर्ने भएको छ ।

सेवा प्रदायकबाट कुनै त्रुटि भएमा सम्बन्धित निकायहरूसँगको समन्वयमा छानबिन गरी सेवा प्रदायक व्यक्ति वा संस्था दोषी पाइएमा प्रचलित नियमानुसार आवश्यक कारबाही गरिने जनाएको छ । स्वास्थ्य मन्त्रालयको हटलाइन नम्बर ११३३ मा फोन गरी बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म सम्पर्क गर्न अनुरोध समेत गरेको छ।