काठमाडौं – नेकपा एमालेको खनाल–नेपाल समूहले सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्णबहादुर थापालाई कारबाही सिफारिस गरेको छ । भीम रावल संयोजक रहेको सुदूरपश्चिम कमिटीको बैठकले थापालाई एक वर्षका लागि साधारण सदस्यबाट हटाउने निर्णय गरेको हो ।
उनलाई पार्टी कार्यालय तोडफोड र गुन्डागर्दी गरेको भन्दै कारबाही सिफारिस गरिएको विज्ञप्तिमा जनाइएको छ ।