कोरोना बहानामा विद्यालय बन्द नगर्न प्याब्सनको आग्रह

  • प्रकाशित मिति : April 11, 2021
  • नेपाल ज्योति

काठमाण्डौ -सरकारलाई विद्यालय बन्द नगर्न निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले आग्रह गरेको छ । अनलाइन कक्षाबाट सबै विद्यार्थीलाई समेट्न नसकिने भएकाले स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गरी विद्यालय सञ्चालन गर्नुपर्ने प्याब्सनले आइतबार विज्ञप्ति जारी गर्दै जनाएको छ ।

बालबालिकालाई संक्रमणबाट जोगाउन मास्कको प्रयोग, सेनिटाइजरको प्रयोग, भौतिक तथा सामाजिक दूरीको अवलम्बनका साथै स्वास्थ्यवर्धक खानपिन गराउने जस्ता कार्यहरुमा सहयोग पुर्‍याइदिन विज्ञप्तिमार्फत प्याब्सनले अभिभावकलाई अनुरोध गरेको छ ।