नागार्जुन जंगलमा लागेको डढेलो निभाउन सिम्रिक हेलिकप्टरबाट निभाउन पानी खसाउँदै

  • प्रकाशित मिति : April 11, 2021
  • नेपाल ज्योति

काठमाडौं-शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा आइतबार लागेको डढेलो नियन्त्रणमा नआएपछि हेलिकप्टर प्रयोग गरी निभाउने प्रयास गरिएको छ ।

आगो नियन्त्रणमा लिन स्थलगत रुपमा गरिएको प्रयास प्रभावकारी नभएपछि सिम्रिक एयरको हेलिकप्टरमार्फत पानी खसालेर डढेलो निभाउने प्रयास भइरहेको छ । आइतबार मध्याह्न डढेलो लागेपछि काठमाडौं महानगरपालिका, बूढानीलकण्ठ नगरपालिका, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली आगलागीस्थलमा पुगेको थियो ।

आगो छिट्टै नियन्त्रणमा आउने जानकारी घटनास्थलबाट आएको छ ।