‘शेरबहादुर देउवालाई नमस्कार गर्दै प्रधानमन्त्री बन्न आग्रह गर्दै हिडेका छन’ : ओली (भिडियोसहित)

  • प्रकाशित मिति : April 12, 2021
  • नेपाल ज्योति

काठमाडौ – प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रले प्रधानमन्त्री पद बाँड्दै हिँडेको बताएका छन् । राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस सभापति शेरबहादुर देउवा र जसपा अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री बनिदिन आग्रह गर्दैै नमस्कार गर्दै हिँडेको बताएका हुन् ।

‘शेरबहादुर दाई प्रधानमन्त्री बनिदिनुस् न, महन्थ दाई प्रधानमन्त्री बनिदिनुस् न भन्दै हिँडेका छन्,’ प्रधानमन्त्रीले भने, ‘के–का लागि त भन्दा कम्युनिष्ट आन्दोलन बलियो बनाउन रे ।’ माओवादी कांग्रेस, जसपाकोमा रुन, कराउन गएको उनले बताए ।

प्रधानमन्त्री ओलीले माधव नेपालको समेत चर्को आलोचना गरे । ‘माधव नेपालले बसपार्कमा झै टिकट बाँड्दै हिँडेका छन् । आफै चुनाव जित्दैनन्, त्यस्ता टिकट बाँडेर के काम रु’ उनले भने । पार्टीमाथि धावा बोले कसैलाई पनि नछाड्ने उनले चेतावनीसमेत दिए ।

हेर्नुहोस भिडियो