काठमाडौं – काठमाण्डौको बिजुलीबजार स्थित बिजुलीको पोलमा आगलागी भएको छ । बिहान करिव १० बजेतिर भएको आगालागीबाट आसपासका घरहरुमा बिजुली तथा इन्टरनेट सेवा अवरुद्ध भएको छ ।
आगलागीबाट मानवीय क्षती नभएपनि जानकारी प्रहरीले दिएको छ । स्थानिय बासिन्दा र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा आएको छ । अवरुद्ध सेवा सुचारु गर्न सम्बन्धीत निकाय लागिपरेको श्रोतले जानकारी दिएको छ ।