भोजपुरमा ५ वर्षीया बालिकामाथि बलात्कार, ५० वर्षीय जोगी पक्राउ

  • प्रकाशित मिति : April 13, 2021
  • नेपाल ज्योति

भोजपुर- भोजपुरमा ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ५० वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ।

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा षडानन्द नगरपालिका–१ बस्ने ५० वर्षीय गोपाल जोगीलाई प्रहरीले पक्राउ गरेको हो । उक्त विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।