पर्सा – कोरोनाभाइरस संक्रमणका कारण पर्साको वीरगञ्जमा फेरि एकको ज्यान गएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत एक ४२ वर्षीय महिलाले संक्रमणबाट ज्यान गुमाएकी हुन् । उनको आज बिहान सवा ८ बजे मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ ।
स्वास्थ्यमा समस्या आएपछि उनलाई चैत्र २९ गते आइतबार राति ८ बजे अस्पताल भर्ना गरिएको थियो । वीरगञ्ज महानगरपालिका वडा नम्बर २ स्थित छपकैया बस्ने ती महिलाको उपचारकै क्रममा तीन दिन पछि मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ ।
अस्पताल भर्ना भएकै दिन उनमा कोरोना संक्रमण भएको पुष्टि भएको अस्पतालका कोभिड संयोजक डा। सरोज रोशन दासले जानकारी दिए ।
प्रदेश नम्बर २ मा अहिले सम्म कोरोनाबाट २ सय १२ जनाको मृत्यु भइसकेको छ।