काठमाडौंको माकलवारीमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

  • प्रकाशित मिति : April 15, 2021
  • नेपाल ज्योति

काठमाडौं – काठमाडौंको माकलवारीमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
बा। ७० प ८९८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सिरहा घर भएका सोनाम मुखियाको मृत्यु भएको महानगरीय प्रहरी वृत बौद्धका डिएसपी नविन कार्कीले रातोपाटीलाई बताए ।

बिहिबार बिहान पौने २ बजे बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा परेर गम्भिर घाइते भएका मुखियालाई नेपाल मेडिकल कलेज, जोरपाटीमा लैजाँदै गर्दा मृत्यु भएको हो ।
मुखिया सिरहा भगवानपुर गाउँपालिका–१ का स्थानिय हुन् । उनको शव पोष्टमार्टमका लागी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको छ ।