एमाले सांसद रावल बसेको घरमा ढुंगा प्रहार

  • प्रकाशित मिति : April 15, 2021
  • नेपाल ज्योति

काठमाण्डौँ -नेकपा एमालेका सांसद झपटबहादुर रावलले आफू बसेको घरमा बुधबार राति ढुंगामुढा भएका बताएका छन् । बुधबार राति १२ बजेतिर ५-१० मिनेटको अन्तरालमा पटकपटक ढुंगा प्रहार भएको बताएका छन ।

ढुंगा प्रहार पश्चात सुरक्षा निकायलाई बोलाउँदा समयमा नआएको भन्दै उनले गृहमन्त्री बदलको समेत ध्यानाकर्षण गरेका छन । त्यस्तै सुरक्षाकर्मी बोलाउन भनेर १०० मा फोन गर्दा फोन समेत नउठेको भन्दै उनले आक्रोश पोखेका हुन ।
कोटेश्वर प्रहरी कार्यालयमा फोन गर्दा पनि फोन नउठेको र अन्तिममा हनुमानढोका प्रहरीलाई फोन गरेको र घटना भएको ४५ मिनेटपछि मात्रै प्रहरी घटनास्थल आएको रावलको भनाइ थियो ।