कर्णाली प्रदेश सरकारले आज विश्वासतको मत लिँदै

  • प्रकाशित मिति : April 16, 2021
  • नेपाल ज्योति

सुर्खेत -कर्णाली प्रदेश सरकारले आज विश्वासतको मत लिँदै छ । आज दिउँसो २.०० बजे बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संसदबाट विश्वासको मत लिन लाग्नुभएको हो । आजको बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने कार्यसुचि राखिएको हो ।

एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि एक महिनादेखि कर्णाली प्रदेश सरकार अल्पमतमा छ । एमालेले गएको चैत ५ गतेदेखि सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । सरकारमा सहभागी भएका एमालेका तीन जना मन्त्रीले समेत राजीनामा दिएका छन् ।

मुख्यमन्त्री शाहीले संसदबाट विश्वासको मत लिने निर्णय लिए पनि विश्वासको मत पु¥याउन कठिनाई छ । कर्णालीमा माओवादी केन्द्रका १२ जना प्रदेशसभा सदस्य छन् । माओावादीले काँग्रेस र राप्रपाको साथ लिएर पनि विश्वासको मत जुटाउने सम्भावना छैन् ।