काठमाडौं, वैशाख २ – प्रधानमन्त्री केपी शर्मा ओलीसँग जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले भेट गर्नुभएको छ । आज दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेट भएको प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईले संचार माध्यमलाई जानकारी दिएका छन् ।
उक्त भेटमा भेटका क्रममा अध्यक्ष ठाकुरले आफ्नो दलले अघि सारेको माग सम्बोधन गर्न आग्रह गरेको बुझिएको छ । सरकारले माग सम्बोधन गरे सरकारलाई समर्थन गर्ने जसपाले बताईरहेका बेला प्रधानमन्त्री ओली र अध्यक्ष ठाकुरबीच भएको भेटलाई सकारात्मकरुपमा लिइएको छ ।