सर्वोच्च अदालतको न्यायाधीशमा चुडाल र सुवेदीको संसदीय समितिबाट अनुमोदन

  • प्रकाशित मिति : April 16, 2021
  • नेपाल ज्योति

काठमाडौं- सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस कुमार चुडाल र नहकुल सुवेदीको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ । न्याय परिषदको बैठकले २८ फागुनमा उच्च अदालतका मुख्य न्यायाधीशद्वय चुडाल र सुवेदीलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको थियो ।

न्यायाधीशमा सिफारिस उनीहरुसँग शुक्रबार संसदीय सुनुवाइ समितिमा सांसदहरुले छलफल गरेका थिए । सांसदहरुले सोधेको प्रश्नको जवाफ दिएपछि समितिले उनीहरुको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो । समितिले उनीहरु योग्यता, क्षमता र अनुभवका आधारमा उक्त पदका लागि योग्य देखिएकाले सर्वसम्मतिले अनुमोदन गरेको निर्णय गरेको छ ।