रामबहादुर थापा ‘बादल’ पुनः गृहमन्त्रीमा नियुक्त

  • प्रकाशित मिति : April 18, 2021
  • नेपाल ज्योति

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेका नेता रामबहादुर थापा ‘बादल’ लाई मन्त्री पदमा नियुक्त गरी गृह मन्त्रालयको कार्यभार तोकेकी छन् । राष्ट्रपति भण्डारीले आइतबार थापालाई गृह मन्त्रालयको कार्यभार तोकेकी हुन् । राष्ट्रपतिको कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले एक विज्ञप्ति जारी गर्दै  प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा थापालाई नियुक्ति गरिएको हो ।

थापालाई आइतबार अपरान्ह पुनः मन्त्री पदको सपथ ग्रहण गराएर गृहको जिम्मेवारी दिइएको हो।