नेपालमा ह्वात्तै बढे कोरोना संक्रमित, पछिल्लो २४ घन्टामा १ हजार ९६ जना थपिए

  • प्रकाशित मिति : April 18, 2021
  • नेपाल ज्योति

काठमाडौं- पछिल्लो २४ घन्टामा देशभरबाट थप १ हजार ९६ जना नयाँ कोरोना भाइरस (कोभिड–१९) का बिरामी थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार देशभर ५ हजार ८४ जनामा गरिएको पिसिआर नमुना परीक्षणबाट १ हजार १५ जना र एन्टजेन प्रविधिबार ८१ जना गरी जम्मा १ हजार ९६ जनामा संक्रमण पुष्टि भएको हो ।

आज देशभर ६ हजार २ सय ९० जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

आइतबार देशभर थप २ सय ६२ जनाले कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । निको हुने दर ९६.७ प्रतिशत रहेको छ ।