माओवादी केन्द्रका दुई मन्त्रीले दिए राजीनामा

  • प्रकाशित मिति : April 19, 2021
  • नेपाल ज्योति

काठमाडौं- नेकपा माओवादी केन्द्रका २ मन्त्रीले राजीनामा दिएका छन् । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेलगत्तै दुई मन्त्रीले राजीनामा दिएका हुन् ।

मुख्यमन्त्रीको कार्यालय स्रोतका अनुसार माओवादीको तर्फबाट आन्तरिक मामिला तथा कानून मन्त्री बनेका कुलबहादुर केसी र सामाजिक विकासमन्त्री सुदर्शन बरालले मुख्यमन्त्री पोखरेलसमक्ष राजीनामा दिएका हुन् ।

नयाँ मुख्यमन्त्रीको रूपमा केसीलाई प्रस्ताव गरिएको छ । प्रदेशसभामा आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि मुख्यमन्त्री पोखरेल त्यसको सामना गर्नेबारे छलफलमा छन् ।