काठमाडौं- नेकपा एमाले ओली समूहको केन्द्रीय कमिटी बैठक वैशाख १० गतेसम्मका लागि स्थगित भएको छ । आजको बैठकमा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले नेपालको इतिहासमै पहिलोपटक अलोकतान्त्रिक, गैरसंसदीय र अराजक हर्कत गरेको भन्दै यो अपराधमा क्षम्य नहुने बताएका छन्। बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।
त्यस्तै बैठकले माधव नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेसहित ४ जना तथा प्रकाश ज्वालालगायत ५ जना सहित थप २० जनालाई २ दिनको अन्तिम चेतावनीयुक्त स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। ती सदस्यका अनुसार १० गतेको बैठकमा उनीहरूलाई कारबाही गरिने र कानुन अनुसार माफिको लागि सफाइ प्रस्ताव पेस गर्ने मौकासमेत दिइएको छ।