कोरोना कहर : जिल्ला प्रशासनले जारी गर्यो १३ बुँदे निर्देशन, गाडी चलाउन नयाँ नियम

  • प्रकाशित मिति : April 20, 2021
  • नेपाल ज्योति

काठमाडौं – कोरोना नियन्त्रणका लागि काठमाडौं जिल्ला प्रशासन कार्यालयले १३ बुँदे निर्देशन जारी गरेको छ।

मंगलबार जारी निर्देशनमा सबै शैक्षिक संस्थादेखि सिनेमा हल, पार्टी प्यालेस, जिम हललगायत भीड हुने स्थानसम्म वैशाख मसान्तसम्म बन्द गरिएको उल्लेख छ। सार्वजनिक सवारीसाधनमा पनि स्वाथ्य मापदण्ड पालना गर्न भनिएको छ। २५ जना भन्दा बढी भेला हुन नपाइने, मठमन्दिरमा पूजा तथा प्रार्थना गर्दा स्वास्थ्य मापदण्ड पालना गर्न र गराउन निर्देशन दिइएको छ।

हेर्नुहोस सुचना