सर्वोच्चका दुई न्यायाधीशले लिए सपथ

  • प्रकाशित मिति : April 21, 2021
  • नेपाल ज्योति

काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले दुई न्यायाधीशलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् ।बुधबार सर्वोच्च अदालतमा आयोजित एक समारोहमा न्यायाधीशद्वय नहकुल सुवेदी र कुमार चुँडाललाई सपथ ग्रहण गराइएको हो ।

यसअघि राष्ट्रपति कार्यलयमा गएर सपथ ग्रहण गराउने परम्परालाई तोड्दै सर्वोच्च अदालतमै सपथ ग्रहण गराइएको हो ।राष्ट्रपति उपस्थित गराउनुपर्ने बाहेकका सपथ अब प्रधानन्यायाधीशले सर्वोच्च अदालतमै गराउने छन् ।
सपथ ग्रहण लगतै न्यायाधीशद्वयले आजैबाट काम थालिसकेका छन् ।राष्ट्रपति विद्यादेवी भण्डारीले चुडाल र सुवेदीलाई सोमबार सर्वोच्च अदालतको न्यायाधीशमा नियूक्ति गरेका हुन ।