कोरोना संक्रमितको संख्या बढ्दै गएपछि पशुपतिमा पूजाआजाका लागि भक्तजनलाई रोक

  • प्रकाशित मिति : April 22, 2021
  • नेपाल ज्योति

काठमाण्डौ – कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गएपछि पशुपतिनाथ मन्दिरमा पूजाआजाका लागि भक्तजनलाई रोक लगाइएको छ। भोली (शुक्रबार)देखि लागू हुने गरी अर्को व्यवस्था नहुन्जेल भक्तजनले पशुपतिनाथमा पूजाआजा गर्न रोक लगाइएको हो।

पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष मिलनकुमार थापाले सूचना जारी गरेर पशुपतिनाथलगायतका मन्दिरमा नित्य पूजाबाहेक अन्य पूजा नहुने जानकारी दिएका छन। सूचनामा भनिएको छ,‘पशुपतिनाथ मन्दिरमा नित्य पूजाबाहेक अन्य क्रियाकलाप गर्न नपाउने व्यवस्था गरिएको छ’ ।