निजी तथा सार्वजनिक सवारीमा जोर बिजोर प्रणाली लागू

  • प्रकाशित मिति : April 24, 2021
  • नेपाल ज्योति

काठमाडौँ – हेटौंडा उपमहानगरपालिकाभित्र चल्ने निजी तथा सार्वजनिक सवारीमा आइतबारबाट जोर बिजोर प्रणाली लागू गरिएको छ ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेका अनुसार जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोना सङ्क्रमणको दर बढेसँगै यसको रोकथाम तथा नियन्त्रणको लागि निजी तथा सार्वजनिक सवारीमा जोर बिजोर प्रणाली लागू गर्न लागिएको जानकारी दिएका छन । त्यस्तै आइतबारदेखि मकवानपुरभरिका पर्यटकीय क्षेत्र, पार्क तथा वनभोजस्थलसमेत बन्द गर्ने निर्णय पनि भएको छ ।

सार्वजनिकस्थलमा मास्क नलगाउनेलाई सङ्क्रामक रोग ऐन, २०२० बमोजिम कारवाही गरिने भएको छ ।