चिनियाँ खोप ‘भेरोसेल’ काठमाडौंका यी सात ठाउँबाट लगाइने

  • प्रकाशित मिति : April 25, 2021
  • नेपाल ज्योति

काठमाडौं – गत चैत २५ देखि दिदै आएको चिनियाँ खोप भेरोसेल आजबाट काठमाडौंका तीन वटा खोपकेन्द्रमा लगाइने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, कीर्तिपुर, निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वर र सशस्त्र प्रहरी अस्पताल बलम्बुमा लगाइने भएको छ । भोलिबाट कोरोनाविरुद्धको पहिलो डोज खोप दिने केन्द्रहरु थप गरेर खोप दिन लागिएको हो ।

सोमबार थप चार वटा खोपकेन्द्र नेपाल मेडिकल कलेज जोरपाटी, हिमाल अस्पताल ज्ञानेश्वर, परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल थापाथली र काठमाडौँ मेडिकल कलेज सिनामंगलबाट पनि खोप दिइदैछ ।

यता माघ १४ गतेदेखि फागनु १० गतेसम्म कोभिसिल्डको पहिलो डोज लगाएकाहरुलाई आज पनि दोस्रो डोज खोप दिने कार्यलाई निरन्तरता दिइने भएको छ ।

यसअघि वैशाख सातदेखि ११ गतेसम्ममात्र कोरोनाको दोस्रो मात्रा खोप दिने निर्णय गरिएको थियो ।

काठमाडौँमै दोस्रो डोज लगाउन केही बाँकी रहेको भन्दै वीर अस्पताल, शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु र शिक्षण अस्पताल महाराजगञ्जमा दोस्रो डोज लगाउने कार्यलाई निरन्तरता दिइने भएको हो ।