उपत्यकाका प्रशासन कार्यालयमा अत्यावश्यक बाहेकका सेवा बन्द

  • प्रकाशित मिति : April 25, 2021
  • नेपाल ज्योति

काठमाडौं-जिल्ला प्रशासन कार्यालयले दिदै आएको अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय भएको छ । आइतबार बसेको काठमाडौं, भक्तापुर र ललितपुर तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैंठकले सीडीयो कार्यालयबाट प्रदान हुने अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले भोलिबाटै लागू हुनेगरी बन्द गरिएको बताएका छन ।

उनका अनुसार बैठकले अन्य कार्यालयहरुलाई पनि आलोपालो विधिबाट सेवा प्रदान गर्ने निर्णय गरिएको छ ।