फ्लोर क्रस गर्ने चार सांसद प्रदेशसभा सदस्यबाट निष्काशित

  • प्रकाशित मिति : April 25, 2021
  • नेपाल ज्योति

काठमाडौं- नेकपा एमालेले कर्णालाी प्रदेशमा फ्लोर क्रस गर्ने चार सांसदलाई प्रदेशसभा सदस्यबाट निष्कासन गरेको छ ।

निष्कासन गरिएको सूचनासहितको पत्र कर्णाली प्रदेशसभामा आइतबार दर्ता भएको हो ।

नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले नेकपा माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई फ्लोर क्रस गरी सरकार बचाउन भूमिका खेलेको भन्दै प्रदेशसभा सदस्य पदबाट मुक्त गराइएको पत्र दर्ता भएको प्रदेशसभा सचिव जीवराज बुढाथोकीले बताएका छन ।

पदमुक्त हुने प्रदेशसभा सदस्यहरूमा प्रकाश ज्वाला, कुर्मराज शाही, अम्मरबहादुर थापा र नन्दसिंह बुढा छन् । ज्वालाबाहेक तीनजना माओवादी नेतृत्वको सरकारमा मन्त्री बनिसकेका छन् ।