ह्वात्तै बढ्यो संक्रमितको संख्या, पछिल्लो २४ घण्टामा ३१ सय बढीमा संक्रमण

  • प्रकाशित मिति : April 25, 2021
  • नेपाल ज्योति

काठमाडौं- देशभर पछिल्लो २४ घण्टामा थप ३ हजार १ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ हजार २ सय ९२ जनाको पिसिआर र ७ सय ८६ जनाको एन्टीजेन प्रविधिबाट परिक्षण गर्दा ३ हजार १ सय २२ जनामा संक्रमण पुुष्टि भएको हो ।

अहिले देशभर १९ हजार ३ सय ८२ जना सक्रिय संक्रमित रहेका छन । पछिल्लो २४ घण्टामा थप ४ सय ५० जना कोरोना निको भएर डिस्चार्ज भएका छन । निको हुने दर ९२.५ प्रतिशत रहेको छ ।

आज काठमाडौंमा १ हजार १ सय ३२ जना, भक्तपुरमा ९६ जना र ललितपुर जिल्लामा २७० जनामा कोरोना संक्रमण देखिएको छ ।