मंगलबार ४५ सय बढीमा संक्रमण पुष्टि, थप १८ जनाको मृत्यु

  • प्रकाशित मिति : April 27, 2021
  • नेपाल ज्योति

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर थप ४ हजार ५ सय २४ जना कोरोना संक्रमितका विरामी थपिएका छन । १४ हजार ६ सय ७२ जनाको पिसिआर परिक्षण र १ हजार ९ जनाको एन्टिजेन प्रविधिबाट परिक्षण गर्दा थप ४ हजार ५ सय २४ जनामा संक्रमण देखिएको हो ।

हाल देशभर २६ हजार २ सय २५ जना सक्रिय संक्रमित छन । अहिले सम्म कोराना संक्रमित भई कुल २ लाख ७८ हजार ५ सय ६ जना निको भएर घर फर्केका छन । निको हुने दर ९०.५ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा थप १८ जनाको कोरोना संक्रमण बाट मृत्यु भएका छन । हाल सम्म मृत्यु हुनेको संख्या १ हजार १ सय ५४ पुगकेो छ ।