काठमाडौं- सरकारसँग तीन बुँदे सहमति गरेका नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी फुटेको छ । सरकारसँग अनावश्यक सम्झौता गरेर विप्लवले क्रान्तिको नाममा नेपाली जनतालाई फेरि धोका दिएको आरोप लगाउँदै नेकपाका पूर्ववरिष्ठ पोलिटब्युरो कृष्णप्रसाद धमलाको संयोजकत्वमा नयाँ पार्टी गठन भएको छ ।
नेकपाका पूर्व वरिष्ठ पोलिटब्युरो कृष्णप्रसाद धमलाको संयोजकत्वमा गठित नयाँ पार्टीको नाम जन समाजवादी मञ्च, नेपाल राखिएको छ । मञ्चको आगामी कार्यदिशा वैज्ञानिक समाजवादी रहेको उल्लेख गरिएको छ ।
नयाँ पार्टीमा १० पूर्वकेन्द्रीय सदस्य, जिल्ला इञ्चार्ज तथा सेक्रेटरी, मजदुर, विद्यार्थीलगायतबाट विद्रोह गरेकाहरु रहेको शनिबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । नयाँ पार्टीमा ५१ सदस्य समिति रहेको छ ।
“आन्दोलनले नेतृत्वलाई उचाइमा पुर्याउने तर अन्ततः नेतृत्वले नै जनता र क्रान्तिलाई धोका दिएको इतिहासका साक्षी स्वयं हामी नै छौं । तीनै नेतृत्वले आफूलाई देवत्वकरण गरी क्रान्तिलाई विसर्जन गर्ने प्रवृत्ति हाबी रहेको हुनाले लक्ष्य र गन्तव्यसम्म पुग्न नसक्नु विडम्बना नै बनिसकेको सन्दर्भमा सामन्तवादी, साम्राज्यवादी, जडसुत्रवादी चिन्तन र प्रवृत्तिका विरुद्ध भीषण संघर्षको आँधिवेहरी सिर्जना गर्न अत्यन्त आवश्यक र जरुरी भइसकेको छ । तसर्थ, संगठनात्मक हिसाबले जनतालाई जनसम्प्रभुता सम्पन्न गरेर मात्र अब बाँकी अधुरो क्रान्ति सम्पन्न गर्न सकिने छ” जारी विज्ञप्तिमा भनिएको छ ।
‘नेपाली कम्युनिस्ट आन्दोलनको मूल समस्याका रूपमा सतहमा सामन्तवाद नै हाबी रहेको कुरा यतिबेला फेरि पनि स्पष्ट गर्न चाहन्छौं । आन्दोलनले नेतृत्वलाई उचाइमा पुर्याउने तर अन्ततः नेतृत्वले नै जनता र क्रान्तिलाई धोका दिएको इतिहासका साक्षी स्वयं हामी नै छौं” विज्ञप्तिमा भनिएको छ, “तीनै नेतृत्वले आफूलाई देवत्वकरण गरी क्रान्तिलाई विसर्जन गर्ने प्रवृत्ति हाबी रहेको हुनाले लक्ष्य र गन्तव्यसम्म पुग्न नसक्नु विडम्बना नै बनिसकेको सन्दर्भमा सामन्तवादी, साम्राज्यवादी, जडसुत्रवादी चिन्तन र प्रवृत्तिका विरुद्ध भीषण संघर्षको आँधिवेहरी सृजना गर्न अत्यन्त आवश्यक र जरुरी भैसकेको छ । तसर्थ, संगठनात्मक हिसाबले जनतालाई जन सम्प्रभूता सम्पन्न गरेर मात्र अब बाँकी अधुरो क्रान्ति सम्पन्न गर्न सकिने छ ।”