मन्त्रिपरिषद्को बैठकले संघीय संसद्को बजेट अधिवेशन बैशाख २७ गते बोलाउन राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।
मन्त्रिपरिषद्को आइतबारको बैठकले बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय
लिएको हो ।
बजेट अधिवेसनको पहिलो दिन नै प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने सम्भावना रहेको छ ।
प्रतिनिधि सभाको हिउँदे अधिवेशन बैशाख ६ गते अन्त्य गरिएको थियो ।