सपनाको बधशाला
यो निशेधाज्ञाका वीच
तामझाम सहित चलिरहेको
एउटा बधशाला देखें वालुवाटारमा
सपनाको बधशाला !
बधशालाका मुख्य कसाई भन्दैछन्
-तपाईले थाहा नपाउनु भएको मात्र हो
धेरै अघिदेखी
चेन झै खुलेकै छन
सिंहदरवारमा, बबरमहलमा
पेरिसडाँडामा, सानेपामा
बुढानिलकण्ठमा, खुमलटारमा
अर्थात शहरै भरी….
सपनाको बधशाला
म सम्झिएरै जुरुङ्ग हुन्छु
अाजसम्म कति सपनाहरुको बध गरे होलान
ती क्रुर बधशालाहरुमा !
२०७८ बैशाख २३ काठमाडौं (मदन प्रभातको फेसवुक वाट साभार)