गण्डकीको मुख्य न्यायाधिवक्तामा बास्तोला नियुक्त

  • प्रकाशित मिति : June 28, 2021
  • नेपाल ज्योति

पोखरा – अधिवक्ता रोहितराज बास्तोला गण्डकीको मुख्य न्यायाधिवक्ता नियुक्त भएका छन्। बास्तोलालाई मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडलले मुख्य न्यायाधिवक्ता नियुक्त गरेकी हुन्। उनी नेपाली कांग्रेस निकट डेमोक्रेटिक लयर्स एसोसियसन कास्कीका पूर्वअध्यक्ष तथा हाल उच्च अदालत बार पोखराका अध्यक्ष छन्।

यसअघि लमजुङका राजेन्द्र घिमिरे गण्डकीका मुख्य न्यायाधिवक्ता थिए ।