काठमाडौं- लगातार घटेको कोरोना संक्रमितको संख्या फेरी ह्वात्तै बढेको छ । पछिल्लो २४ घण्टामा थप २ हजार ४४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य था जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६४८ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ५०९ र ४ हजार ९९२ जनाको एन्टिजेन परीक्षणमा ९३५ जना गरी थप २ हजार ४४४ जनामा संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ४२ जनाको मृत्यु भएको छ । यो कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ५१ जना पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप ३ हजार ८५३ जना संक्रमणमुक्त भएका छन् । यो संगै हाल सम्म संक्रमण मुक्त हुनेको संख्या ५ लाख ८८ हजार १८७ पुगेको छ । हाल सम्म ६ लाख ३५ हजार १८८ जनाको पिसिआर परिक्षणबाट संक्रमण पुष्टि भएका छन भने ३३ हजार ३३ जनाको एन्टिजेन प्रविधिबाट परिक्षण गर्दा संक्रमण पुष्टि भएका छन । हाल देशभर ३७ हजार ९५० जना सक्रिय संक्रमित छन ।