कोरोना संक्रमित संङख्या घट्दै, पछिल्लो २४ घण्टामा १ हजार ६०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

  • प्रकाशित मिति : July 4, 2021
  • नेपाल ज्योति

काठमाडौं- पछिल्लो २४ घण्टामा १ हजार ६०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ८७६ जनाको पीसीआर परीक्षणमा १ हजार ४२ जना र ३ हजार २५६ जनाको एन्टिजेन परीक्षणमा ५६१ जना गरी १ हजार ६०३ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमितमध्ये ४६१ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंमा ३४२, ललितपुरमा ८८ र भक्तपुरमा ३१ जना संक्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या २ हजार ५५२ छ ।

त्यस्तै कोरोना संक्रमणबाट २७ जनाको मृत्यु भएको छ । हाल देशभरका ९ वटा जिल्लामा सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी रहेको छ ।