काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियतामाथि धोका दिएको आरोप लगाएका छन्।
आज राष्ट्रियसभाको बैठकमा बोल्दै प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री ओलीले विदेशीसँग मिलेमतो गरेर संविधानमाथि प्रहार गरेको आरोप पनि लगाए । ‘उनले राष्ट्रिय स्वाधीनतामाथि गम्भीर धोकाधडी गर्नुभयो,’ श्रेष्ठले भने, ‘उहाँ राष्ट्रिय लम्पासारवादमा जानुभयो । अहिले कालापानीको कुरा उठ्दैन, ईपीजीको कुरा उठ्दैन । विदेशी हस्तक्षेप स्वीकार गरिरहनुभएको छ।’
श्रेष्ठले राष्ट्रियताको रक्षा गर्न पनि संविधान र लोकतन्त्रको रक्षा गर्नुपर्ने जिकिर गरे । तर कताकता प्रतिगमनको छिटा सदनमा आएको महसुस भएको उनले बताएका छन । यसअघि ३० मिनेट बोलेका श्रेष्ठले अहिले आफूलाई २० मिनेट माग्दा पनि १५ मिनेट मात्र दिएको भन्दै आपत्ति जनाएका हुन् ।