समानुपातिकतर्फको निर्वाचन कार्यक्रम साउन २० मा प्रकाशित हुने

  • प्रकाशित मिति : July 5, 2021
  • नेपाल ज्योति

काठमाडौं – निर्वाचन आयोगले समानुपातिकतर्फको निर्वाचन कार्यक्रम आगामी साउन २० गते प्रकाशित गर्ने भएको छ । निर्वाचनमा भाग लिन राजनीतिक दलहरुको नामावली साउन १६ गते प्रकाशित गरिसकेपछि साउन २० गते समानुपातिक तर्फको निर्वाचन कार्यक्रम प्रकाशन गरिने आयोगले जनाएको छ ।

समानुपातिकतर्फको निर्वाचन कार्यक्रम भदौ २ गतेदेखि कात्तिक २ गतेसम्म सञ्चालन गरिने आयोगले कार्यतालिका बनाएको छ । त्यसैगरी मतदाता नामावलीको छपाई र ढुवानी भदौ २३ देखि असोज २० सम्म सम्पन्न गरिनेछ ।

मतदाता परिचयपत्र छपाई भदौ २३ देखि कात्तिक १ गतेसम्म सम्पन्न गरिनेछ ।