काठमाडौं – म्याद सकिएको एटीएम कार्ड प्रयोग गरेर ३४ लाख ३५ हजार रुपैयाँ झिक्ने घटनामा संलग्न सोलुखुम्बु र पर्सा घर भई काठमाडौँ भत्केको पुल बस्ने जगतबहादुर गुरुङ र सावित्री गुरुङलाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार उनीहरुले म्याद सकिएको एटीएम कार्ड प्रयोग गरेर सिद्धार्थ बैंकको विभिन्न एटीएम मेसिनबाट रकम निकालेको अनुसन्धानमा खुल्न आएको छ ।
उनीहरुले झिकेको रकममध्ये प्रहरीले २१ लाख रुपैयाँ फेला पारेको प्रहरीको भनाइ छ । साथै, उनीहरुमाथि थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।