काठमाण्डौ – दाङमा भरुवा बन्दुकसहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको दङ्गीशरण गाउँपालिका–२ का २४ वर्षीय मेघराज पुन मगर रहेका छन् । स्थानीय तिलकन्या सामुदायिक वनमा शिकार खेल्ने गइरहेका बेला मगरलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालका अनुसार शिकार खेल्न पुगको गोप्य सूचनाका आधारमा तुल्सीपुर इलाका प्रहरी कार्यालय र गोल्टाकुटी प्रहरी चौकीको संयुक्त टोलीले पुन मगरलाई भरुवा बन्दुकसहित पक्राउ गरि अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।