एमाले कार्यदलको बैठक साँझ बस्ने गरि स्तगित

  • प्रकाशित मिति : July 8, 2021
  • नेपाल ज्योति

काठमाडौं – नेकपा एमालेको विवाद समाधन गर्न गठित कार्यदलको बैठक बिहीबार बेलुकी सात बजे बस्ने गरी स्थगित गरिएको छ ।

बिहीबार दिउँसो अर्थ मन्त्रालयमा बसेको बैठकमा छलफल सकारात्मक भएको कार्यदल सदस्य सुवासचन्द्र नेम्वाङले बताए । छलफललाई निष्कर्षमा पुर्‍याउन थप तयारी आवश्यक भएको भन्दै बेलुका ७ बजेको लागि बैठक बोलाइएको नेम्वाङले जानकारी दिए ।

अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको सम्वादलाई मध्यनजर गर्दै कार्यदलमा छलफल भएको भन्दै उनले भने, ‘कतिपय विषयमा हिजोभन्दा आज थप प्रगति भएको छ । लगभग हामी समाधानको विन्दुमा आएका छौं ।’कार्यदलका अर्का सदस्य गोकर्ण विष्टले भने ।

एमाले कार्यदल सोमबारयता निरन्तर छलफलमा छ । त्यही क्रममा बुधबार साँझ पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच मेरियट होटलमा भेटवार्ता समेत भएको थियो ।