प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण रद्द

कोरोनाका कारण देउवाको भ्रमण स्थगित

  • प्रकाशित मिति : January 6, 2022
  • सरु आचार्य
भ्रमण

काठमाडौं, पुस २२ –  प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण रद्द भएको छ ।  कोरोना सङ्क्रमण बढेकाले प्रधानमन्त्री शेरवहादुर देउवाको भारत भ्रमण रद्द भएको हो ।

प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उहाँको गृहराज्य गुजरातमा यही पुस २६ देखि २८ गतेसम्म आयोजना हुने भनिएको ‘गुञ्जायमान गुजरात’ विषयको विश्वस्तरीय सम्मेलनलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम तय भएको बताइएको थियो ।

कोरोनाको असहज परिस्थितिका कारण गुजरात ग्लोबल समिट स्थगन गरिएको जानकारी भारतबाट प्राप्त भएकाले सम्माननीय प्रधानमन्त्रीको भ्रमणको कार्यक्रम रद्द भएको  जानकारि देउवाका स्वकीय सचिव भानु देउवाले राससलाई  जानकारि दिएका हुन् ।

बाह्य लगानी आकर्षित गर्ने उद्देश्यले गुजरातका तत्कालीन मुख्यमन्त्री नरेन्द्र मोदीले प्रारम्भ गरेका थिए । उक्त सम्मेलनको १०औँ शृङ्खलामा प्रधानमन्त्री देउवासहित विभिन्न मुलुकका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखहरुले भाग लिने कार्यक्रम भएपनि कोरोनाका कारण स्थगित भएको हो ।