ध्वनिभन्दा पाँचगुणा बढी वेगको हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको उत्तरकोरियाको दाबी

  • प्रकाशित मिति : January 6, 2022
  • नेपाल ज्योति
उत्तरकोरिया

नेपाल ज्योति –

उत्तर कोरियाले ध्वनिको भन्दा पाँचगुणा तीव्र वेगको एउटा हाइपरसोनिक क्षेप्यास्त्र सफलतापूर्वक परीक्षण गरेको त्यहाँको एउटा सरकारी सञ्चारमाध्यमले जनाएको छ। नयाँ वर्ष सुरु भएयता उत्तर कोरियाले गरेको यो प्रमुख अस्त्र परीक्षण हो।

सरकारी समाचारसंस्था केसीएनएका अनुसार उक्त क्षेप्यास्त्रले ७०० किलोमिटर परको निसानामा ठ्याक्कै प्रहारु गरेको थियो।

यो हाइपरसोनिक क्षेप्यास्त्रको दोस्रो परीक्षण हो।

हाइपरसोनिक क्षेप्यास्त्रलाई पहिचान गर्न बैलिस्टिक क्षेप्यास्त्रभन्दा बढी समय लाग्ने बताइन्छ।