…………..एऊटी आमा तेसै बेला आमा बनी सकेकी हुन्छे !

आमा बन्नैलाग्दा परिवारका सदस्यहरुको हेराइको भिन्न दृष्टिकोण

  • प्रकाशित मिति : January 7, 2022
  • - सरु आचार्य "काली'
…………...एऊटी आमा तेसै.....

नेपाल ज्योति –

एउटा बाबु तेस बेला मात्र बाउ बन्छ जुन बेला शिशु को जन्म हुनछ । तर एऊटी आमा तेसै बेला आमा बनी सकेकी हुन्छे जुन बेला उ गर्भवती हुन्छे । जुन पुरुषले गर्भबट नै आफ्नो कर्तव्य निभाउन सुरु गर्छ उ मात्र असल बाबु बन्न सफल हुन्छ। त्यस्ता पुरुस हाम्रो समाजमा ५% भन्दा पनि कम भेटिन्छन ।

के तपाईं असल बाबु भीत्र पर्न सफल हुनु हुन्छ त ??

एउटि सासू लाई नाति चाहिन्छ ।यौटा पति लाई बच्चा चाहिन्छ । अनि एउटी नारी गर्भवती हुन्छे सबै खुशी पनि हुन्छन । त्यसपछि दिन बित्दै जान्छ समय सङ्गै खुशीको रुप फेरिन्छन । हिजो बुहारीले नाति पाउने खुशी मा उज्यालो भएको सासू को अनुहार अधेरो यस कारण हुन्छ कि घर को काम बुहारी ले कम गर्न थाली ।

यो आधुनिक जमानामा हुन्छ सबथोक हामी घाँसको भारी बोक्दा-बोक्दै जन्मिएका बच्चा हुन । नन्दको अनुहार अधेरो हुन्छ । हिजो पँधेरो बाट भाउजूले बोक्ने गार्ग्री उसको नाउमा सर्यो ।

पति को अनुहार अधेरो हुन्छ । हिजोको दिनमा सधै उज्यालो अनुहार हुने श्रीमती आजकाल हरबखत थाके जस्तो देखिन्छे। सानो सानो कुरामा दिक्क मान्न थालेकी छे । उसले पहिला जस्तो वास्ता गर्न सकेकी छैन ।

हिजोको दिन उसको हात शिरानी लगाएर सुत्ने बुडि आज कहिले कता कहिले कता फर्किन थालेकी छे, मडारीन थालेकी छे ।

पहिला जास्तो आरामले सुत्न सक्दिन अनि आफुलाई पनी आरामले सुत्न दिन्न । आजकाल पहिला जस्तो रमाइलो कुरा गर्न खोज्दा झर्को मान्न थालेकी छे । सानो सानो कुरामा झर्किन थालेकि छे ।

जति बेला पायो उति बेला घिन लाग्ने गरि बान्ता गर्न थालेकि छ । कति बेला उसको मुड अफ हुन्छ पत्तो हुदैन । आखिर किन परिवर्तन भै बुझ्न सकेको छैन । सबै थोक त ल्याइ देएकै छु खान मन लागेको कुरा किन्देकै छु । घरमा नि सबै ले ध्यान दिएकै छन् वास्ता नि गरेकै छु ।फेरि किन यस्तो ?

के एक पटक कसैले सोचेको हुन्छ यति बेला सहानभुती भन्दा पनि बुझ्ने मन्छेको अवस्यकता हुन्छ भनेर । रात रात भर सुत्न नसकेर यता उता कोल्टे फेर्दै उस्ले बिताएको रात कसले देखेको छ सिवाय बिहान ढिलो उठेको बाहेक । शरीर भित्र परिवर्तन भै रहेको हर्मोन र सङ्गैको माहोल कस्ले बुझेको छ उस्ले गरेको बान्ता बाहेक ।

खाना खान मन नलागेर पनि जवरजस्ती बच्चाको लागि खाएको कस्ले देखेको छ उस्ले मुख बिगारेको बाहेक । ९ महिना तड्पेर अनिदो रात बिताएर कहिले एक्लै रोएर कहिले हासेर कति पटक त्यो बच्चाले पेट भित्र बङ बङ्ती हानेको लाती सहेर ।

मन लागेको कुरा नखाएर शरीर भरी पीडा हुदा औषधि बिना नै त्यो पीडा सहेर अन्त्यमा मृत्यु सङ्गै कयौ घन्टा लडेर त्यो नारीले बच्चालाई जन्म दिन्छे ।

नर्स ले सफा गर्छे र आमा को सामु नि नदेखाइ कन बाहिर आएर सोध्छे फलानो कस्को बच्चा हो ? अनि बाबू अगाडि आउँछ र भन्छ मेरो । कति सजिलो हुन्छ एउटा पुरुषलाई बाबू बन्न अनि कति गारो हुन्छ नारी लाई आमा बन्न  ।

अब प्रश्न आउछ यसमा पुरुषले के गर्न सक्छ ? जब कि प्रकृतीले नै आमा बन्न नारी लाई चुनेको छ। न हामी उत्त गर्भ बोक्ननै सक्छौ न उत्त पिडा कम गर्न नै ।

थाहा छ पुरुष ले गर्भ बोक्न सक्दैन तर कमसे कम उस्को लागि सहज वातावरण त बनाउन सक्छ, जस्ले उस्को आधा पिडा लाई कम गर्न सक्छ ।  पिडा सहने हिम्मत दिन सक्छ । आमा बन्नु भनेको युद्ध जित्नु बराबर हो ।

एउटा एस्तो लडाइ जुन जिबन र मुत्यु सँग हुन्छ । जस्मा सात वटा हड्डी एकै पटक भच्चिनु को पिडा खप्नु पर्छ । यस्तो समय मा उस्को सहज असहज बुझने कोसिस गर्नुस ।

Swing Mood  सङ्गै उस्को चाहना सोधनुस र बुझनुस ।घरको काम मा सघाउनुस अनि आराम सङ्गे उस्ले खाने खानाको र स्वासथ्यको हेर बिचार गर्नुस । अतालीएको मन लाई आट र हिम्मत दिनुस ।

खुसि राख्नने कोसिस गर्नुस । एउटी आमा निरोगि हुनु र खुशी हुनु भनेको तपाईको बच्चा निरोगी हुनु हो । अनि बल्ल तपाई पुर्ण रुप मा बाबु बन्नु हुनेछ अनि आमा बराबर को हकअधिकारी हुनु हुनेछ ।

अब आफै सोचनुस के तपाइ साच्चै पुर्ण रुपमा बाबु बन्न र भन्न लायकको हुनुहुन्छ छ? तब मात्र गर्व ले सबै लाई भन्नुस म बाबु बने । (२०७८-०९-२३)